PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

स्कुल बस दुर्घटनामा ८ विद्यार्थी घाइते



पहिलोपोस्ट

पोखरा : पोखरामा बुधबार बेलुका भएको बस दुर्घटनामा आठ विद्यार्थी घाइते भएका छन्। उपमहानगरपालिका–१९ लामाचौरस्थित अकला मन्दिर नजिक एल एन्जेल विद्यालयको ग १ क २२०६ नं को बस नालीमा पल्टिएको हो।
 
दुर्घटनामा घाइते विद्यार्थीको फिस्टेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। घाइते सबै विद्यार्थी खतरामुक्त रहेको बताइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell