PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

महिला एसिया कप : नेपाल लगातार चौथो खेलमा पनि अलअाउट, थाइल्याण्डसामु ६४ रनको लक्ष्य प्रस्तुत



पहिलोपोस्ट

महिला एसिया कप : नेपाल लगातार चौथो खेलमा पनि अलअाउट, थाइल्याण्डसामु ६४ रनको लक्ष्य प्रस्तुत

थाइल्याण्डमा भइरहेको महिला एसिया कप टी २० को चौथो खेलमा नेपालले थाइल्याण्डलाई ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल एक बल बाँकी छँदा ६३ रनमा अल आउट भयो।

नेपालको लागि ओपनर ज्योति पाण्डेले सर्बाधिक १६ रन बनाएको खेलमा अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्। अर्की ओपनर सीता मगर ९, कप्तान रुबिना क्षेत्री ८ तथा नेरी थापा ७ रन बनाएर आउट भइन्।

पहिलो विकेटका लागि ज्योति र सीताले ३० रनको साझेदारी गरेपनि यी दुई खेलाडी आउट भएसँगै नेपालको ब्याटिङ धर्मराएको हो।
बलिङतर्फ थाइल्याण्डकी सोरनारिम टिपोच र सुलिपोन लाओमीले समान २ विकेट लिइन्।

जारी प्रतियोगितामा नेपाल अलआउट भएको यो चौथो पटक हो। यसअघि नेपाल पाकिस्तान, श्रीलंका र बंगालेशसँगको खेलमा पनि अलआउट भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell