PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

मसाल बोकेका विद्यार्थीले यसरी जलाए प्रधानमन्त्री प्रचण्डको पुतला, हेर्नुस् ८ फोटोमा

मसाल बोकेका विद्यार्थीले यसरी जलाए प्रधानमन्त्री प्रचण्डको पुतला, हेर्नुस् ८ फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : मंगलबार राति संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकप्रति असन्तुष्ट समूहहरुले यति बेला विभिन्न खाले प्रदर्शन गरिरहेका छन्। ५ नम्बर प्रदेश टुक्रयाइएको विरोधमा सो प्रदेशका बासिन्दा विरोधमा उत्रिएका छन् भने प्रमुख प्रतिपक्षी एमालेको भ्रातृ संगठनले पनि देशव्यापी आन्दोलन घोषणा गरिसकेको छ।
 
बुधबार दिउँसो राजधानीको बानेश्वरमा प्रदर्शनमा उत्रिएको एमालेको भ्रातृ संगठनले आज बिहान पनि कलेजहरु अगाडि प्रदर्शन गर्‍यो।

कडा सुरक्षाका बीच पनि काठमाडौंको घन्टाघरमा रहेको त्रिचन्द्र कलेजअगाडि अखिलका विद्यार्थीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुतला जलाए। सवारी आवागमनमा पनि उनीहरुले अवरोध गरे।

फोटोमा हेर्नुस्, मसाल बोकेर उत्रिएका विद्यार्थीले जलाएको प्रचण्डको पुतला-


ट्रेन्डिङ पोस्ट

Ncell