PahiloPost

Dec 31, 2024 | १६ पुष २०८१

यी तीन न्यायाधीशले लगाउनेछन् लोकमान नियुक्ति मुद्दाको अन्तिम किनारा



मनोज सत्याल

यी तीन न्यायाधीशले लगाउनेछन् लोकमान नियुक्ति मुद्दाको अन्तिम किनारा

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की नियुक्तिको मुद्दाको अन्तिम किनारा न्यायाधीशत्रय जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले लगाउने भएको छ।
 
बिहीबारबाट मुद्दाको सुनुवाइ सुरु भएको छ। गत ३१ भदौमा सर्वोच्च अदालतले कार्कीको नियुक्तिको मुद्दाको निस्सा प्रदान गरेको थियो।
 
संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि कार्की निलम्बनमा रहेका छन्। कार्कीनि युक्तिको मुद्दासँगै निलम्बनपछि उनको सेवा सुविधा खोस्न दायर मुद्दा समेत एकसाथ सनुवाइ हुनेछ। त्यस्तै कार्कीको मुद्दा पुनरावलोकनको बेला म्याद तामेलीमा अवरोधको विषय समेत सोही इजलासबाट टुङ्गोमा पुग्नेछ।
 
सर्वोच्च अदालतमा कतिपय न्यायाधीशले विगतमा कार्कीको पक्ष र विपक्षमा बहस गरेका कारण मुद्दा कुन न्यायाधीशले हेर्नेछन् भन्ने चासो थियो।

 
न्यायाधीश प्रकाश राउतले विगतमा कानुन व्यवसायीको हैसियतमा कार्कीको मुद्दा लडेका थिए। त्यस्तै कार्की नियुक्तिको विरोधमा न्यायाधीश हरिकृष्ण कार्की सडकमै उत्रिएका थिए। त्यस्तै मुद्दाको निस्सा प्रदान गर्ने न्यायाधीशहरुले समेत कार्कीको मुद्दा हेर्न पाउँदैनन्। कार्कीको नियुक्तिको मुद्दामा प्रधानन्यायाधीश सुशीला कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले पुनरावलोकन गर्ने फैसला गरेको थियो। कार्की नियुक्ति सदर गर्ने न्यायाधीश गोपालप्रसाद पराजुली र ओमप्रकाश मिश्रले पनि मुद्दा हेर्न पाउँदैनन्।
 
प्रधानन्यायाधीश सुशीला कार्कीले मुद्दा हेर्न पाउने १३ जनाको बीचमा पौडेल, खतिवडा र भट्टराईको पूर्ण इजलासलाई कार्कीको मुद्दा टुङ्गो लगाउने जिम्मेवारी दिएकी हुन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell