PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

तासको खालमा प्रहरी पसेपछि अत्तालिएका जुवाडेले तीनतले घरबाट हामफाले, चार जना घाइते



पहिलोपोस्ट

तासको खालमा प्रहरी पसेपछि अत्तालिएका जुवाडेले तीनतले घरबाट हामफाले, चार जना घाइते

काठमाडौं : ललितपुर प्रहरीले सानेपामा रहेको इन्टरनेशनल क्लबमा जुवा तथा तास खेलारहेको सूचना पायो। सुचना पाउनेबित्तिकै प्रहरी टोली घटनास्थलामा पुग्दा १२ जना खाल जमाएर जुवा खेलिरहेका थिए। अचानक प्रहरी आएपछि अत्तालिएका चार जनाले कुनै विकल्प देखेनन् अन्तत: तीनतले घरबाट हाम फाल्न थाले।
 
आवेशमा हाम्फाल्दा उनीहरु सबै घाइते भए। हाल अस्पतालमा उपचार भइरहेको छ।
 
घाइते हुनेहरुमा काठमाडौं फर्पिङ घर भएका ५६ वर्षीय विक्रम मल्ल, काभ्रेपाल्चोकका ३५ वर्षीय राम लामा, ललितपुर १३ का ३३ वर्षीय दीपक गजुरेल र सर्लाही कर्मैयाका ४२ वर्षीय तारा कुमार श्रेष्ठ रहेका छन्।
 
त्यस्तै प्रहरीले अन्य ८ जना युवालाई भने पक्राउ गरी हिरासतमा राखी कारबाही अगाडि बढाएको छ। पक्राउ पर्नेमा आशिष लामा, निर्मला कार्की, विनोद लामा, निराकार रञ्जित, वसन्त लामा, राजकुमार अधिकारी, अमिन लामा, अर्जुन विक रहेका छन्। उनीहरुको साथबाट प्रहरीले ५ लाख ६२ हजार रुपैयाँ समेत बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell