PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

पोखरीमा ट्रयाक्टर पल्टियो, किचिएर चालक-सहचालककै मृत्यु



पहिलोपोस्ट

लहान : सिरहाको सीतापुर–२ मा रहेको पोखरीमा आज बिहान ट्रयाक्टर पल्टिँदा चालक र सहचालककै मृत्यु भएको छ।
 
बालुवा पुर्‍याएर फर्किने क्रममा स १ त १३७२ नम्बरको ट्रयाक्टर सडक छेउमा रहेको पोखरीमा पल्टिँदा च्यापिएर ट्रयाक्टरका चालक लहान नगरपालिका–२२ का ३२ वर्षीय प्रमोद यादव र सहचालक सोही ठाउँका अरविन्द महराको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।
 
ट्रयाक्टरले किचेर दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको र मृतकको शवपरीक्षणका लागि लहानस्थित रामप्रसाद उमास्मारक अस्पताल ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell