PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

संविधान संशोधनविरुद्ध आन्दोलन चर्किँदै, प्यूठान र रोल्पामा संयुक्त प्रदर्शन



पहिलोपोस्ट

प्यूठान : प्रदेश विभाजन सीमा संशोधनको विरुद्धमा सुरु भएको आन्दोलन प्यूठान र रोल्पामा थप जटिल बन्दै गएको छ। दुवै जिल्लामा आज बिहानैदेखि प्रदर्शन सुरु भएको छ। दिउँसो दुवै जिल्लाको सीमाना चतुर्भुजमा हुने बृहत् प्रदर्शनअगाडि जिल्लाका प्रमुख व्यापारिक केन्द्रमा प्रदर्शन सुरु गरिएको हो।
 
प्यूठान, रोल्पा, अर्घाखाँची, गुल्मीलगायत यस क्षेत्रका पहाडी जिल्लालाई तराईसँग अलग बनाउँदै अव्यावहारिक कार्य गरेको भन्दै संसद्मा दर्ता गरेको प्रदेश विभाजन प्रस्ताव तत्काल फिर्ता नलिँदासम्म आन्दोलन जारी रहने प्यूठान–रोल्पा सङ्घर्ष समितिका संयोजक मुक्तिप्रसाद शर्माले जानकारी दिए। दुवै जिल्लाले आज दिउँसो संयुक्त प्रदर्शनीपछि थप आन्दोलनको तयारी गर्ने बताएका छन्।
 
जिल्लाका राजनीतिक दल एक ठाउँमा आएको भन्दै नेपाली कांग्रेसका जिल्ला सभापति अमरप्रसाद भण्डारीले सरकार पक्ष र प्रतिपक्ष दुवै दलले संयुक्तरुपमा संशोधनको विरोध गरेका बताए।
 
रोल्पासँगै छिमेकी जिल्ला गुल्मी, अर्घाखाँची र पाल्पासँग पनि समन्वय भइरहेको सङ्घर्ष समितिले जनाएको छ। भोलि ५ नं प्रदेशका जिल्ला नेता तथा सांसद्को बुटवलमा विशेष भेला राखिएको नेकपा (माओवादी केन्द्र) का नेता कृष्ण अधिकारी (प्रकाश) ले जानकारी दिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell