PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

डा. केसीका समर्थकहरु यसरी उत्रिए प्रदर्शनमा, हेर्नुस् १७ फोटो

डा. केसीका समर्थकहरु यसरी उत्रिए प्रदर्शनमा, हेर्नुस् १७ फोटो

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : आमरण अनसनमा रहेका डा. गोविन्द केसीका समर्थकहरुले बिहीबार काठमाडौंको बबरमहलमा प्रदर्शन गरेका छन्।
 
विभिन्न अस्पतालका चिकित्सक, विद्यार्थी, कलाकार, सामाजसेवी लगायत व्यक्तिहरु प्रदर्शनमा सहभागी थिए। अपांगता भएका व्यक्तिहरु पनि सो विरोध प्रदर्शनमा आएका थिए। माइतीघर मण्डलाबाट सुरु भएको र्‍याली बानेश्वरसम्म पुगेको थियो।
 
उनीहरुले सरकारले तत्काल केसीको माग पूरा गर्दै जीवन रक्षा गर्नुपर्ने लगायतका नारा लगाए।
 
केसी विभिन्न १० बुँदे माग राख्दै १८ दिनदेखि आमरण अनसनमा छन्। सरकार र केसी समर्थकबीच पटकपटक वार्ता भए पनि निष्कर्णमा नपुग्दा आमरण अनसन लम्बिँदै गएको छ। केसीको स्वास्थ्य पनि निकै कमजोर बन्न थालेको छ।


ट्रेन्डिङ पोस्ट

Ncell