PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

नारायणगोपाल स्मृति सम्मान गायिकाद्वय मीरा र ज्ञानुलाई



पहिलोपोस्ट

नारायणगोपाल स्मृति सम्मान गायिकाद्वय मीरा र ज्ञानुलाई

काठमाडौँ : गायिकाद्वय मीरा राणा र ज्ञानु राणाले यस वर्षको ‘नारायण गोपाल स्मृति सम्मान’ पाउने भएका छन्।

नारायण गोपाल सङ्गीत कोषले पुरस्कारबारे निर्णय गरेको हो। महाराजगन्जस्थित पहिले नारायण गोपाल बसेको घरमा मङ्सिर १९ गते स्मृति दिवसको अवसर पारेर सम्मान प्रदान गरिनेछ। सम्मानको राशि नगद २५/२५ हजार रहेको छ।
 
गायिका ज्ञानु र मीराले नेपाली गीत तथा सङ्गीत क्षेत्रको विकासमा योगदान गरेकाले सो सम्मान दिन लागिएको कोषका महासचिव उषा शेरचनले जानकारी दिइन्। गायिकाद्वयले नारायण गोपालसँग समेत युगल गीत गाएका छन्।
 
नारायण गोपालको २०४७ मङ्सिर १९ गते ५१ वर्षको उमेरमा निधन भएको थियो। उनको निधनपछि नेपाली सुगम गीतसङ्गीतको विकासमा क्रियाशील गायक तथा सङ्गीतकर्मीलाई प्रत्येक वर्ष मङ्सिर १९ गतेका दिन सो पुरस्कार प्रदान गरिँदै आएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell