PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

एचआइभी सङ्क्रमित श्रेष्ठ पुनः सगरमाथा आरोहणको तयारीमा, भन्छन्- 'ममा आत्मबल छ'



पहिलोपोस्ट

एचआइभी सङ्क्रमित श्रेष्ठ पुनः सगरमाथा आरोहणको तयारीमा, भन्छन्- 'ममा आत्मबल छ'

काठमाडौं : एचआइभी सङ्क्रमितको तर्फबाट गोपाल श्रेष्ठले पुन: सर्वोच्च शिखर सगरमाथा आरोहणका गर्ने भएका छन्।
 
गएको वर्ष पनि उनले सगरमाथा आरोहणको प्रयास गरेका थिए। त्यो बेला वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण सोलुखुम्बुमा आफ्ना ६ सहकर्मी गुमाएका उनी आफैं पनि घाइते भएर काठमाडौं फर्किएका थिए।
 
राजधानीमा आयोजित विश्व एड्स दिवसका अवसरमा बोल्दै उने एचआइभी सङ्क्रमित हुँदैमा आत्मबल नखस्केको विचार राखे। 'आत्मबलका साथ म पुनः आगामी वर्ष सगरमाथा चुचुरो चुम्न जाँदैछु,' पूर्व ए डिभिजन फुटबल टोलीका खेलाडी समेत रहेका श्रेष्ठले भने।
 
पोखराका स्थायी बासिन्दा उनले आफूलाई माया र सद्भावभन्दा आर्थिक सहयोग चाहिएको बताउँदै २० लाख सङ्कलनको जोहोमा लागेको बताए।
 
पाँच हजारभन्दा माथिमा विभिन्न हिमाल आरोहण गरेको अनुभव उनीसँग छ। सन् २०१७ को सगरमाथा आरोहण गर्ने याममा उनी सगरमाथा चढ्ने तयारीमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell