PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

चीनकाजी श्रेष्ठको नियामपत्ति- 'सत्ता पक्षलाई माइक नै नदिने, विपक्षीलाई मात्रै?'



पहिलोपोस्ट

चीनकाजी श्रेष्ठको नियामपत्ति- 'सत्ता पक्षलाई माइक नै नदिने, विपक्षीलाई मात्रै?'

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेका वरिष्ठ नेता बामदेव गौतमले संसदमा बोलिरहँदा सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले नियामपत्ति जनाएका छन्।
 
'सत्ता पक्षलाई माइक नै नदिने विपक्षीलाई मात्र' भन्दै उनले माइक लिए र, 'सभामुखले गर्नुभएको कामको सन्दर्भमा ल्याएको प्रस्तावमा कसैले विरोध जनाउन नपाउने' बताए। उनले भने, 'व्यवस्थापिका सांसदको नियामवली विपरीत सभामुखलाई आरोप लगाउनु नै नियमविपरीत हो,' उनले भने।
 
त्यसपछि सभामुखले सबैलाई बस्न अनुरोध गरिन्। बोलिरहेका नेता गौतमले आफूले सभामुखलाई कुनै आरोप नलगाएको र लगाउनु समेत नखोजेको प्रस्ट पार्नुपरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell