PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

हृदयेश त्रिपाठीको आरोप- 'तीन दल संसद्को म्याद थप्ने षड्यन्त्रमा छन्'



पहिलोपोस्ट

हृदयेश त्रिपाठीको आरोप- 'तीन दल संसद्को म्याद थप्ने षड्यन्त्रमा छन्'

पर्सा : तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले व्यवस्थापिका–संसद्को एक वर्ष म्याद थप्ने षड्यन्त्रमा तीन दल लागेको आरोप लगाएका छन्।
 
तमलोपा पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकमा असहज परिस्थिति सिर्जना गरी वा गराई निर्वाचनलाई पछि सार्दै संसद्को एक वर्ष म्याद थप्ने विषयमा शीर्ष तीन दलका नेताबीच सहमति भइसकेको आरोप लगाए।
 
सरकारले ल्याएको चारबुँदे संशोधन प्रस्तावलाई परिमार्जित गर्न आवश्यक रहेको बताउँदै उनले संसद्मा दर्ता गरेको संशोधन प्रस्ताव विगतमा कांग्रेस र एमालेले नै तयार पारेको प्रस्ताव रहेको दाबी गरे।
 
आफैँले तयार पारेको प्रस्तावलाई एमालेका नेताहरुले राष्ट्रघाती देख्नु मधेसवादी दललाई आश्चर्यमा पारेको बताउँदै उनले भने, 'वर्तमान संविधानलाई टेकी निर्वाचन आयोगले चुनाव गराउन सक्दैन।'रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell