PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

एमालेले संसद अवरुद्ध पार्दाका दृश्यहरु, हेर्नुस् ८ फोटोमा

एमालेले संसद अवरुद्ध पार्दाका दृश्यहरु, हेर्नुस् ८ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : सरकारले मंगलबार राति दर्ता गरेको संविधान संशोधन विधेयकको विरोधमा रहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले आजको संसद बैठक अवरुद्ध पार्‍यो।

दिउँसो सवा १ बजेपछि संसदको बैठक सुरु हुनेबित्तिकै समय लिएर एमाले उपाध्यक्ष वामदेव गौतमले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकले नेपालको संविधानको ठाडो उल्लङ्घन गरेको आरोप लगाए। कसैलाई रिझाउनको लागि संशोधन विधेयक पेश भएको  र प्रधानमन्त्रीले संविधान बुझेर पनि संविधानको उल्लङ्घन गरेको आरोप उनले लगाए। 

उनले आजको संसद चल्न नदिने बताएपछि सभामुख ओनसरी घर्ती मगरले सदनको आजको कार्यसूचीमा सं‌विधान संशोधनको विधेयक नरहेको भन्दै उठिरहेका सांसदहरुलाई बस्न आग्रह गरिन्। तर सांसदहरुले आफ्नो आसनबाट उठेर विरोध जारी राखे। सभामुखले भोलि दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरिन्। 

टेलिभिजन क्यामेरा सांसदहरु बस्ने अघिल्लो लहरतिर केन्द्रित भयो, जहाँ प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँगै देखिन्थे। उनीहरुबीच केही कुराकानी भएको देखिन्थ्यो। 

एमालेको अवरोध क्रममा केके देखियो? हेर्नुस् फोटोमा-


ट्रेन्डिङ पोस्ट

Ncell