
काठमाडौँ : नेपाली कांग्रेसका २७ सांसदले प्रमुख पतिपक्षी दल नेकपा एमाले समस्या समाधानमा नभइ चर्काउन उद्दत भएको आरोप लगाएका छन्।
उनीहरुले संयुक्त रुपमा वक्तव्य जारी गरि विगतमा सुशील कोइराला र केपी शर्मा ओलीले हस्ताक्षर गरेकै सीमाङ्कन प्रस्तावको आधारमा संविधान संशोधन प्रस्ताव आएकाले विरोधको कुनै आधार नभएको बताएका छन्।
वक्तव्यमा भनिएको छ – 'एमाले जस्तो जिम्मेवार दलले संशवधन विधेयक अघि बढाउने प्रकृया नै रोक्नेगरि संसद अबरुद्ध गर्नु र सडक आन्दोलन चर्काउन चाहानुले उ समस्या समाधान गर्ने नभएर चर्काउने दिशामा उद्दत भएको आभास हुन्छ। यस्ता घटनाले एमाले स्वयमं निर्वाचनको पक्षमा नभएको सन्देश दिएको छ।'
प्रदेश नं २ बाट प्रतिनिधित्व कांग्रेसका अधिकाशं सांसदहरुको हस्ताक्षर रहेको विज्ञप्तीमा मधेसी मोर्चा सहितका दलहरु अझै आन्दोलनकै दौरानमा रहेको र आधा जनसंख्या बसोबास गर्ने मधेसको मागलाइ उपेक्षा गरेर अघि बढ्न सकिने अवस्था नरहेको उल्लेख छ।
सांसदहरुले सिंविधान संशोधन प्रस्तावलाइ स्वागत समेत गरेका छन्। साथै संशोधनले राजनीतिक गतिरोध अन्त्य गर्ने विश्वास समेत उनीहरुले व्यक्त गरेका छन्।