PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

२३ युवा लुट्ने पोख्रेल पक्राउ, एक करोड ठगेर अमेरिका जाने सपना तुहियो



पहिलोपोस्ट

काठमाडौं : एक करोड रुपैयाँभन्दा बढी ठगी गरेर फरार भएका एक अभियुक्त पक्राउ परेका छन्।
 
महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले ठगी मुद्दामा प्युठान तोर्वाङ-६ घर भई हाल भारतको लखनउ बस्दै आएका ३८ वर्षीय ईश्वरीप्रसाद पोख्रेललाई पक्राउ गरेको हो। पोख्रेल २३ जनाभन्दा बढी युवालाई रोजगारीको लागि इजरायल पठाइदिने भन्दै १ करोड ५ लाख नेपाली रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।
 
२०६७ सालमा नबिल र किष्ट बैंकमा ठगी गरेको मुद्दामा उनलाई अदालतबाट २ वर्ष कैद र २ लाख २९ हजार रुपैयाँ जरिवाना पनि गरिएको थियो। उनले भारतको लखनउ र गोरखपुरमा रहेको एक बैंकबाट खाता खोली गोरखपुरकै ठेगाना देखाई सवारी चालक अनुमतिपत्र लिएका थिए। ठगी गरेको पैसा लिएर उनी अमेरिका जाने तयारीमा रहेको बयानबाट खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell