PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

सरकार र अनसनरत केसी पक्षबीच आज पुन: वार्ता हुने



पहिलोपोस्ट

सरकार र अनसनरत केसी पक्षबीच आज पुन: वार्ता हुने

काठमाडौँ : १९ दिनदेखि आमरण अनसनमा रहेका त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसी र सरकारी पक्षबीच आज पुनः वार्ता हुने भएको छ।
 
बिहीबार राति अबेरसम्म दुवै पक्षबीच शिक्षा मन्त्रालयमा वार्ता भए पनि ठोस निष्कर्ष ननिस्किएपछि शुक्रबार बस्ने गरी स्थगन गरिएको हो। बिहान १० बजेपछि पुन: वार्ता चल्नेछ।
 
बिहीबारको वार्तामा सरकारका तर्फबाट स्वास्थ्यमन्त्री गगनकुमार थापा, शिक्षामन्त्री धनीराम पौडेल, सचिवद्वय डा सेनेन्द्रराज उप्रेती र शान्तबहादुर श्रेष्ठ र केसीका तर्फबाट प्रा डा राजेन्द्रराज वाग्ले लगायतका चिकित्सकहरु थिए।
 
केसीका तर्फबाट प्राडा वाग्लेले प्रधानमन्त्री र अनसनरत केसी दुवै अनसनस्थलमा आमनेसामने बसेर मात्र सम्झौता हुन सक्ने पत्रकारलाई बताएका छन्।
 
त्रिविका उपकुलपति तीर्थराज खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन केशवप्रसाद सिंहलाई राजीनामा गराउने विषयमा वार्ता केन्द्रित थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell