PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

धीरेन्द्र र बबितालाई लैंगिक समानता पत्रकारिता पुरस्कार



पहिलोपोस्ट

धीरेन्द्र र बबितालाई लैंगिक समानता पत्रकारिता पुरस्कार

काठमाडौँ : नेपाल पत्रकार महासङ्घद्वारा स्थापित लैङ्गिक समानता पत्रकारिता पुरस्कार पत्रकारद्वय धीरेन्द्र प्रेमर्षी र बबिता बस्नेतलाई प्रदान गरिएको छ।
 
अमेरिकामा क्रियाशील संस्था मदरल्यान्ड नेपालको सहकार्यमा महासङ्घले स्थापना गरेको उक्त पुरस्कार एक समारोहबीच बिहीबार प्रदान गरिएको हो। पुरस्कारको राशि जनही रु ४० हजार रहेको छ ।
 
पुरस्कार प्रदान गर्दै सभामुख ओन्सारी घर्तीले महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा महासङ्घले प्रदान गरेको लैङ्गिक समानता पत्रकारिता पुरस्कार अर्थपूर्ण रहको बताइन्।
 
महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले लैङ्गिक समानताका लागि महिलालाई पत्रकारिता पेसामा प्रोत्साहन गर्नुका साथै पत्रकार महिलाको क्षमता अभिवृद्धिका लागि समेत महासङ्घ क्रियाशील रहेको बताए।
 
पुरस्कृत पत्रकारद्वय प्रेमर्षी र बबिता बस्नेतले पुरस्कारले आफूहरुलाई यो क्षेत्रमा लाग्न अझै उत्प्रेरित बनाएको धारणा व्यक्त गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell