PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

महिला एसिया कप : भारतद्वारा नेपाललाई १२१ रनको लक्ष्य प्रस्तुत



पहिलोपोस्ट

महिला एसिया कप : भारतद्वारा नेपाललाई १२१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं : थाइल्याण्डमा भइरहेको महिला एसिया कप टी २० प्रतियोगिताको अन्तिम खेलमा नेपालले अहिले भारतको सामना गरिरहेको छ।
 
नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२० रन बनाएको हो।
 
भारतका लागि शिखा पाण्डेले नटआउट रहँदै सर्वाधिक ३९ रन बनाइन् भने भनिताले २१ तथा अनुजा पाटिलले १६ रन जोडिन्। बलिङमा नेपालकी रुबिना क्षेत्रीले २ तथा सीता राना मगर र करुणा भण्डारीले १/१ विकेट हात पारिन्। फाइल फोटो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell