PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

अपहरणको आरोपमा प्रहरी जवानसहित ५ जनालाई ९ वर्ष कैद सजाय



पहिलोपोस्ट

अपहरणको आरोपमा प्रहरी जवानसहित ५ जनालाई ९ वर्ष कैद सजाय

वीरगन्ज : जिल्ला अदालत पर्साले अपहरणको आरोप लागेका प्रहरी जवानसहित ५ जनालाई दोषी ठहर गरी ९ वर्ष कैद तथा जनही रु पाँच लाख ५० हजार जरिवाना गरेको छ।
 
पर्सा जिल्ला अदालतको आठ नं बेन्चका न्यायाधीश राजेन्द्र नेपालको इजलासले यस्तो फैसला गरेको हो। वीरगन्ज उपमहानगरपालिका–१९ नगवा बस्ने राजेशकुमार साहलाई अपहरण गरी रु ४ लाख फिरौती लिएको कसुरमा उनीहरुलाई यस्तो सजाय गरिएको हो।
 
पर्सा प्रहरीले २०७२ चैत २३ गते प्रहरी शाखामा कार्यरत अरविन्दकुमार सिंह र प्रहरी हवल्दार विनय सिंहले वीरगन्जका सुन व्यापारी राजेश साहलाई नियन्त्रणमा लिई एउटा होटलमा राखी फिरौती रकम असुल गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।
 
यसैगरी, अदालतले हरपतगन्ज–८ का भगवान सिंह र चोर्ली–२ का दीपकसिंह राजपुत, सर्लाही अर्नाहा–५ का प्रहरी जवान अरविन्द सिंह, वीरगन्ज उपमहानगरपालिका–१८ का वृजेशकुमार सिंह, तथा सर्लाही धनुराका प्रहरी जवान विनय सिंहलाई अपहरण मुद्दामा सातवर्ष कैद र सङ्गठित अपराधविरुद्ध गरी ९ वर्ष कैद सजाय सुनाएको छ। अभियुक्तलाई हाल वीरगन्ज कारागारमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell