PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

फिफा प्रो वर्ल्ड ११ का लागि ५५ खेलाडीको सूची सार्वजनिक, रुनी परेनन् अरु कोको परे?



पहिलोपोस्ट

फिफा प्रो वर्ल्ड ११ का लागि ५५ खेलाडीको सूची सार्वजनिक, रुनी परेनन् अरु कोको परे?

फिफाले फिफा प्रो वर्ल्ड ११ को लागि ५५ खेलाडीको सूची सार्वजनिक गरेको छ। जसमा ५ गोलरक्षक, २० डिफेन्डर, ११ मिडफिल्डर र १५ फरवार्ड परेका छन्।

५५ खेलाडीमध्ये स्पानिस क्लब बार्सिलोनाबाट सबैभन्दा बढी १२ जना परेका छन् भने रियल मड्रिडबाट १० जना छन्।

यस्तै प्रिमियर लिग खेल्ने १६ खेलाडी मनोनयनमा पर्दा इंगल्याण्डबाट भने एक खेलाडी मात्र परेको छन्। गत सिजन लेस्टरलाई प्रिमियर लिग उपाधि जिताउने क्रममा २४ गोल गरेका जेमी भार्डीमा मनोनयनमा परेका हुन्।

यता म्यानचेष्टर युनाइटेडका कप्तान वायन रुनी भने १२ वर्ष यता मनोनयनमा परेनन्।

फिफा प्रो वर्ल्ड ११ को छनोट खेलाडीको मतद्वारा नै चयन हुनेछ। विश्वका ७५ देशका २५ हजार भन्दा बढी खेलाडीले यसमा भोट गर्नेछन्। एक खेलाडीले एक गोलरक्षक, ४ डिफेन्डर, ३ मिडफिल्डर र ३ फरवार्ड छान्न पाउनेछन्।

यी हुन् मनोनयनमा परेका ५५ खेलाडी-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell