PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

एमालेलाई कांग्रेस नेता सिंहको आग्रह- 'सहमतिमा आउनुस्, संशोधन प्रस्‍ताव परिमार्जन गर्न सकिन्छ'



पहिलोपोस्ट

एमालेलाई कांग्रेस नेता सिंहको आग्रह- 'सहमतिमा आउनुस्, संशोधन प्रस्‍ताव परिमार्जन गर्न सकिन्छ'

दोलखा : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रमुख राजनीतिक शक्तिहरु मिलेर नै जारी संकट समाधान गर्नुपर्ने बताएका छन्।
 
नेपाल प्रेस युनियन दोलखा शाखाले आज चरिकोटमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले संविधान संशोधन प्रस्ताव दर्तासँगै आएका असन्तुष्टिलाई छलफलबाट निकास दिन सकिने बताए। संशोधन प्रस्तावमा आवश्यक संशोधन गरेर भए पनि पारित गर्न सकिने भन्दै उनले सहमतिमा आउन एमालेलाई आग्रह गरे।
 
प्रमुख प्रतिपक्ष नेकपा एमालेले सदन अवरोधभन्दा पनि राजनीतिक निकास दिनतिर लाग्नुपर्ने उनले बताए। 'मधेस केन्द्रित दलहरुका जायज माग पूरा गरेर अघि बढ्ने समझदारी भएकाले निर्वाचनको वातावरणकै लागि सरकारले प्रस्ताव दर्ता गरेको हो,' उनले भने। मुलुक गम्भीर राजनीतिक मोडमा पुगेकाले संकटको समाधानबाट कोही पनि पन्छिन नमिल्ने उनले बताए।
 
अर्को प्रसंगमा उनले अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव प्रक्रियामा अगाडि बढिसकेकाले कांग्रेसले विधि प्रक्रिया पूरा गरेर उपयुक्त निर्णय लिने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell