PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

कांग्रेस सभापति देउवाको ठोकुवा- 'संशोधन प्रस्ताव पास हुन्छ-हुन्छ-हुन्छ'



पहिलोपोस्ट

कांग्रेस सभापति देउवाको ठोकुवा- 'संशोधन प्रस्ताव पास हुन्छ-हुन्छ-हुन्छ'

पथरी (मोरङ) : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित भएरै छाड्ने ठोकुवा गरेका छन्।
 
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सभापति देउवाले संशोधनको विषयमा केही राजनीतिक दलको असन्तुष्टि रहे पनि अन्ततः सबैले मत दिने हुँदा संशोधन प्रस्ताव पास हुने विश्वास व्यक्त गरे।
 
'जहाँ पायो त्यहीँ आन्दोलन गरेर समस्याको समाधान हुँदैन, झन् बल्झिन्छ,' उनले भने, 'अहिले आन्दोलन गर्ने समय होइन।'
 
सञ्चारकर्मीको अर्को प्रश्नमा सभापति देउवाले स्थानीय निकायको निर्वाचन गराउने विषयमा सबै दल सहमत भएकाले स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन आउने बित्तिकै निर्वाचनमा जाने विषयमा समस्या नरहेको बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell