PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

फ्राइडे रिलिज : 'तँ म र ऊ' सँगै 'बिजुली मेशिन'



पहिलोपोस्ट

फ्राइडे रिलिज : 'तँ म र ऊ' सँगै 'बिजुली मेशिन'

काठमाडौं : यो साता दुई नेपाली फिल्म एकसाथ प्रदर्शनमा उत्रिए। फ्राइडे रिलिज अन्तर्गत 'तँ म र ऊ' र 'बिजुली मेशिन' सार्वजनिक भएका हुन्।
 
नेपालको पहिलो साइन्स फिक्सन फिल्म दाबी गरिएको बिजुली मेशिनले आवाजबाट बिजुली निकाल्न कोसिस गर्ने युवाहरुको कथा बोल्छ। फिल्मको बिहीबार प्रिमियर शो गरिएको थियो। फिल्मलाई नवीन अवालले निर्देशन गरेका हुन्। राजेश हमाल, अभिषेक सुवेदी, जीवन अधिकारी, बुद्धि तामाङ, अशेष लुइँटेल, जीवन भट्टराई, रेलिजा श्रेष्ठ, लक्ष्मी भुसाल र कमलमणि नेपालले यसमा अभिनय गरेका छन्।
 
फिल्मले मल्टिप्लेकस र सिंगल थियटर दुवैमा हल पाएको छ।
 
त्यस्तै तँ म र ऊ लाई लक्षु गौतमले निर्देशन गरेकी हुन्। फिल्म दुई वर्षअघि नै बनेको भए पनि प्राविधिक समस्याका कारण प्रदर्शनमा आउन सकेको थिएन।  त्रिकोणात्मक प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको फिल्ममा निता ढुंगाना, आमेश भण्डारी र सुदेन प्रसाईंको अभिनय छ। फिल्मले सिंगल थिएटरमा हल पाएको छ।
 
नेपाली फिल्महरु छक्का पन्जा, जात्रा र पुरानो डुङ्गाको प्रदर्शन पनि अझै जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell