PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

कट्रिनासँग व्यस्त रणवीरलाई किन पछ्याइरहेछन् सञ्जय?



पहिलोपोस्ट

कट्रिनासँग व्यस्त रणवीरलाई किन पछ्याइरहेछन् सञ्जय?

बलिउड फिल्म निर्देशक सञ्जय गुप्ताले अभिनेता रणवीर कपुरसँग काम गर्न चाहेको बताएका छन्।
 
'ए दिल है मुश्किल'मा रणवीरको प्रस्तुति देखेर उनलाई आफ्नो नयाँ फिल्ममा लिन चाहेको उनले बताएका हुन्। सन् २०१७ मा प्रदर्शन हुने ऋतिक रोशन अभिनित 'काबिल' निर्देशन गरेका गुप्ताले एक भारतीय पत्रिकासँगै बोल्दै आफू रणवीरको कामदेखि प्रभावित भएको सुनाए। भने, 'म रणवीरसँग काम गर्न निकै आतुर छु।'
 
उनले आफूसँग भएको फिल्मको स्क्रिप्ट अहिलेसम्म कसैलाई नदेखाएको र रणवीरलाई पहिलो अफर गर्दा देखाउने बताए। उनले तयारी कथाका लागि नाम 'बिग्दे नवाब' दिएको बलिउड हंगामाले जनाएको छ।
 
'रणवीरले फिल्मको मुख्य भूमिकामा देखिन तयार हुन्छु भन्छन् भने फिल्मको काम अगाडि बढ्छ। नत्र अरु कसैलाई राख्न मन छैन,' उनले प्रस्ट पारे।
 
रणवीर भने आफ्नी पूर्वप्रेमिका कट्रिना कैफसँगको फिल्म जग्गा जासूसको तयारीमा छन्। त्यसपछि उनले अयान मुखर्जीको नयाँ प्रोजेक्ट ड्रागनमा पनि अभिनय गर्ने भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell