PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

चीनमा सवारी दुर्घटनामा १८ व्यक्तिको मृत्यु



पहिलोपोस्ट

चीनमा सवारी दुर्घटनामा १८ व्यक्तिको मृत्यु

बेइजिङ : चीनमा शुक्रबार भएको एक सवारी दुर्घटनामा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ।
 
करिब २० यात्रु सवार रहेका उक्त मिनीबस चीनको मध्य प्रान्त हुबेइको इझौउबाट वहानतर्फ गइरहेको र एक तालमा खस्दा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको राज्यद्वारा सञ्चालित सिसिटिभीले जनाएको छ।
 
सडककिनारमा रहेको तालबाट दुर्घटनाग्रस्त मिनीबस निकालेको सिसिटिभीले दृष्य देखाएको छ। दुर्घटनाग्रस्त सो बसका चालकलाई भने गिरफ्तार गरिएको् छ।
 
चीनमा सडक दुर्घटना एक साधारण घटनाको रुपमा हुने गरेको र सन् २०१३ मा भएका सडक दुर्घटनाहरुमा दुई लाख ६० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
 
तर यो सङ्ख्या सरकारी तथ्याङ्कभन्दा असाधारणरुपमा बढी भएको सरकारी तथ्याङ्क विभागका अधिकारीले बताएका थिए। गत वर्ष भएका सडक दुर्घटनामा चीनमा ५८ हजार २२ व्यक्तिको मृत्यु भएको थियो।
 
गत नोभेम्बर चीनको उत्तरी प्रान्त सान्सीमा भएको दुर्घटना १७ व्यक्तिको मृत्यु हुनको साथै अन्य ५६ वटा सवारी साधान क्षतिग्रस्त भएको थियो।
 
त्यसैगरी चीनको उत्तरी सहर तिआन्जीनमा गत जुलाइमा भएको सडक दुर्घटनामा कम्तीमा १७ व्यक्तिको मृत्यु भएको छ। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell