PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

थाइल्याण्डमा उदाए नयाँ राजा, भुमिबोलको ठाउँ लिनेमा धेरैको आशंका



पहिलोपोस्ट

थाइल्याण्डमा उदाए नयाँ राजा, भुमिबोलको ठाउँ लिनेमा धेरैको आशंका

थाइल्यान्ड : थाइल्यान्डका नयाँ राजा महा भाजिरालोङकोर्नले आफ्ना स्वर्गीय पिताको सम्झनामा शुक्रबार प्रार्थना गरेका छन्।
 
पिताको देहावसानपछि राजा नियुक्त हुनुपर्ने महा भाजिरालोङकोर्नको औपचारिक राज्यारोहण झण्डै सात हप्ता ढिला भएको थियो। उनी राजा बनेपछि पहिलो पटक प्रार्थनाका लागि बैंककको ग्राण्ड प्यालेसमा देखिएका थिए।
 
टेलिभिजनबाट प्रत्यक्ष प्रसारणसमेत गरिएको प्रार्थना समारोहमा नयाँ राजा महा भाजिरालोङकोर्नलाई पहिलो झलकको रुपमा देखिएको थियो।
 
उनका पिता भूमिबोल अदुल्यादेजको गत अक्टोबार १३ मा सात दशक लामो शासनकाल पछि ८८ वर्षको उमेरमा निधन भएको थियो। थाइल्यान्डमा राजगद्दी उत्तराधिकारी सम्बन्धी नियम गोप्य रहेको छ र उत्तराधिकारी हुन अनेकौँ चरणका प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ।
 
६४ वर्षीय युवराज भाजिरालोङकोर्नलाई चार दशकअगाडि नै नरेश भूमिबोल अदुल्यादेजको उत्तराधिकारीको रूपमा घोषणा गरिएको थियो।
 
नयाँ राजाको नियुक्तिसँगै थाइल्याण्ड फेरि नयाँ चरणमा प्रवेश गरेको छ। भुमिबोललले सङ्कटको समयमा मध्यस्थकर्ताको ख्याति कमाएको भए पनि नयाँ राजाले त्यस्तो भूमिका खेल्नेमा धेरैले आशङ्का गरेका छन्। उनले विमानचालक सम्बन्धि तालिम लिएका छन्।
 
थाइल्याण्डमा राजसंस्थाका बारेमा कडा नियमकानुन छ भने सञ्चार माध्यमहरुलाई पनि निकै सीमित स्वतन्त्रता मात्रै दिइएको छ।
 
गएको दशकमा थाइल्यान्डमा राजनीतिक प्रदर्शन तथा सेनाद्वारा शासन लिने चक्र चलेको थियो भने असमानता अझै गहन बनेको बताइएको छ। सन् २०१४ मा पनि सेनाले शासन आफ्नो नियन्त्रणमा लिएको थियो।रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell