PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

शिल्पालाई नायिका बनाएर छवि ओझाको 'मंगलम्'



पहिलोपोस्ट

शिल्पालाई नायिका बनाएर छवि ओझाको 'मंगलम्'

काठमाडौं : छविराज ओझाको ब्यानरमा नयाँ फिल्म घोषणा भएको छ।
 
छविराज प्रोडक्सनबाट बन्ने फिल्म ‘मङ्गलम’ सार्वजनिक गरिएको हो। नवल नेपालको निर्देशनमा बन्ने भनिएको फिल्मको अभिनेता भने टुङ्गो लागेको छैन। ओझाले भने, 'हामी राम्रो अभिनय गर्ने नायकको खोजीमा छौं।'
 
निर्देशक नेपालले पहिले पनि फिल्म क्षेत्रमा काम गरिसकेको अभिनेताको खोजीमा रहेको बताए। 'नत्र दिइएको भूमिका कुशल तरिकाले निभाउन सक्ने कलाकार भए पनि हाम्रो लागि स्वागतयोग्य छ,' उनले भने।
 
फिल्ममा नायिका शिल्पा पोखरेल रहनेछिन् भने पृथ्वीराज प्रसाईंको पनि अभिनय रहनेछ।
 
निर्देशक नवल नेपालको कथामा फिल्म बन्ने भएको हो। गीतको रेकर्डिङ्को काम भइरहेको निर्माता ओझाले बताए। उनले आफ्नो ब्यानरमा घोषणा गरेको ‘हिफाजत २' थाती राखेर मङ्गलमको काम सुरु गरेका हुन्।
 
युनिटले आगामी दसैंसम्ममा फिल्म रिलिज गर्ने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell