PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

ब्राजिलियन फुटबल टिमसँगै विमान दुर्घटनामा ज्यान गुमाउने अरी, जो एक वर्षअघि नेपालमा थिए



पहिलोपोस्ट

ब्राजिलियन फुटबल टिमसँगै विमान दुर्घटनामा ज्यान गुमाउने अरी, जो एक वर्षअघि नेपालमा थिए

गत मंगलबार खेल इतिहासकै लागि बिर्सनलायक दिन बनाउने गरी सिंगै फुटबल टिम बोकेको विमान दुर्घटना भयो। विमानमा सवार ८१ जनामध्ये ७६ जनाको मृत्यु भयो।
 
चार्टर्ड विमानमा ब्राजिली माथिल्लो डिभिजनको क्लब चापाकोएन्स टिमका खेलाडी, खेल पत्रकार लगायत अन्य यात्रु र चालक दलका सदस्य थिए।
 
बोलिभियाबाट कोपा सुडअमेरिका कपको पहिलो लेग फाइनल खेल्न चापकोएन्सको टिम उक्त विमानमा कोलम्बिया जाँदै थियो। कोलम्बियाको मेडलिन विमानस्थल नजिकै विमान दुर्घटना भएको हो।
 
विश्व खेल इतिहासमा कालो दिन बनेको उक्त दुर्घटनामा खेलाडी मात्र परेनन् २० पत्रकारको समेत मृत्यु भयो। उक्त दुर्घटनालाई अ ट्रयाजेडी फर जर्नालिज्म इन ब्राजिल भनेर बिबिसीले उल्लेख गरेको छ।
 
मृत्यु हुने पत्रकारहरुमा गत वर्ष गएको विनाशकारी भूकम्पमा नेपाल आएकादेखि ब्राजिलका विभिन्न क्लबाट फुटबल खेलिसकेका खेलाडी र कमेन्टेटर समेत छन्।
 
यसैमध्येका एक ४५ वर्षे अरी जुनियर भूकम्पका बेला गतवर्ष नेपाल आएका थिए। उनले खिचेका फोटोहरु विश्वभर पुगेका छन्। सन् १९९७ मा ग्लोबो टेलिभिजन ज्वाइन गरेका अरीसँग २५ वर्षभन्दा बढीको अनुभव छ। उनलाई प्रायजसो विदेशी काममा लगाइन्थ्यो। उनका ४ बच्चा छन्।
 
पूर्व फुटबल खेलाडी तथा फक्स स्पोर्टस् कमेन्टेटर मारियो सर्जी पाइभा पनि दुर्घटनामा परे। ब्राजिलका ठूला क्लबहरु फ्लेमेङगो, भिक्टोरिया, फु्लुमिनेन्स, बोटाफोगा, इन्टरनासिओनलबाट उनले खेलेका छन्। सन् १९६९ मा उनले इन्टरनासिओनलबाट ब्राजिलको नेसनल टुर्नामेन्ट जितेका थिए। यस्तै १९८३ मा ग्रेमियोबाट इन्टरनेसनल कप जितेका थिए। सन् ९० को दशकबाटै उनले कमेन्टेटरको भूमिका सुरु गरेका थिए। अन्तत: उनी पनि बाँच्न सकेनन्।
 
यसबाहेक दुर्घटनामा मृत्यु हुने पत्रकारहरुमा टेलिभिजन, रेडियो, समाचारपत्रमा काम गर्नेहरु छन्। यस्तै ब्रोडकास्टर, टेक्निसियन, ब्रोडकास्ट कोअर्डिनेटरहरुले समेत विमान दुर्घटनाबाट आफूलाई सदाका लागि गुमाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell