A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6ab17bd6863852.35419498): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6ab17bd6863852.35419498,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

डब्लुबीपीएफ च्याम्पियनसिप : छैटौं संस्करणमा रजत जितेका विमललाल प्रिजजिङ राउण्डबाटै अाउट
PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

डब्लुबीपीएफ च्याम्पियनसिप : छैटौं संस्करणमा रजत जितेका विमललाल प्रिजजिङ राउण्डबाटै अाउट



पहिलोपोस्ट

डब्लुबीपीएफ च्याम्पियनसिप : छैटौं संस्करणमा रजत जितेका विमललाल प्रिजजिङ राउण्डबाटै अाउट

नेपालका अनिललाल श्रेष्ठ आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजीको प्रिजजिङ राउन्डमा छैटौं भएका छन्।

थाइल्याण्डमा शुक्रबारबाट सुरु भएको प्रतियोगिताअन्तर्गत अनिलको तौलसमूहमा आयोजक थाइल्यान्डका ३ सहित ८ खेलाडीले प्रिजजिङ राउन्डमा प्रतिस्पर्धा गरेका थिए। ८ खेलाडी मध्ये शीर्ष पाँचमा रहने खेलाडीलाई पुनः फाइनल चरणमा प्रतिस्पर्धा गराइएको थियो। 

यस्तै छैटौं संस्करणमा रजत जितेको विमललाल श्रेष्ठ स्पोर्ट्स फिजिकसको १७० सेन्टीमिटरसम्म उचाईमा प्रिजजिङ राउन्डबाटै बाहिरिए।

विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघ (डब्लुबीपीएफ) को तत्वावधान र थाइल्यान्ड शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स संघको आयोजनामा च्याम्पियनसिप थाइल्यान्डको पटायास्थित एम्बासडर सिटी होटलको कन्भेन्सन हलमा भइरहेको छ।

६५ केजीको प्रिजजिङ राउन्डमा थाइल्यान्डका सोमखित सुमेथोवेत्चाकुन पहिलो, थाइल्यान्डकै सुरासक दोश्रो तथा भारतका राहुल सिन्दाह तेश्रो भए। मलेसियाका अब्दुल रानी चौथो तथा चीनका जाङ झियो यान पाँचौं स्थानमा रहे।

यसै वर्ष पाकिस्तानमा भएको दक्षिण एसियाली शारीरिक सुगठनमा कांस्य जितेका अनिलले शुक्रबारै मास्टर्स ४० वर्षमाथि पनि प्रतिस्पर्धा गरेको थिए। विभिन्न देशका २३ खेलाडी सहभागी मास्टर्समा शीर्ष १५ स्थानभित्र नअटाएपछि अनिल प्रिजजिङ राउन्डबाटै बाहिरिए।

अनिलले शरीरको माथिल्लो भन्दा तल्लो भागको कमजोरीले गर्दा अझ राम्रो नतिजा हासिल गर्न नसकेको प्रतिक्रिया दिए। ‘थाई मै कमजोरी देखियो। खेलपछि जज र अरुको कुरा सुन्दा पनि मेरो माल्लिो भाग राम्रै रैछ। विकनेस भनेकै लोवर पार्टमा देखियो।’ खेलपछि अनिलले भने– ‘विस्तारै थाईलाई प्राथमिकता दिएर सुधार गर्दै लाने छु र संगैसंगै माथिल्लो भागमा पनि ध्यान दिने छु। यसो भएको खण्डमा पदक हासिल गर्न सकिन्छ भन्ने आशा छ।’

शारीरिक सुगठनका मुख्य प्रशिक्षक समेत रहेका टिम प्रशिक्षक ज्ञानेन्द्र नकर्मीले पनि अनिलले तल्लो भागमै धेरै सुधार गर्न आवश्यक रहेको बताए।

शुक्रबारै अर्का नेपाली खेलाडी विमललाल श्रेष्ठले स्पोर्ट्स फिजिकसको १७० सेन्टीमिटरसम्म उचाईमा भाग लिएका थिए। १३ राष्ट्रका १८ खेलाडी सहभागी उक्त स्पर्धामा विमल पनि प्रिजजिङ राउन्डबाटै बाहिरिए। विमलले छैटौं संस्करणको सोही स्पर्धामा रजत जितेका थिए।

विमलले शनिबार फिट्नेस फिजिक्समा खेल्न बाँकी छ। त्यसैदिन विनोद वज्राचार्यले स्पोर्ट्स फिजिक्समा नेपालको चुनौती प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यु’ गर्नेछन्।

प्रतियोगिताको पहिलो दिन नेपालका दुई डब्लुबीपीएफ अन्तर्राष्ट्रिय जजद्वय पुष्पकुमार श्रेष्ठ र सुनील राजकर्णिकारले विभिन्न तीन स्पर्धाको प्रिजजिङ र फाइनल चरणका खेलमा निर्णायकको भूमिका निर्वाह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell