PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

भलिबलकी राष्ट्रिय खेलाडी प्रतिभा माली नगदसहित सम्मानित



पहिलोपोस्ट

भलिबलकी राष्ट्रिय खेलाडी प्रतिभा माली नगदसहित सम्मानित

काठमाडौं : न्यू डायमण्ड एकेडेमीमा १० कक्षामा अध्ययनरत नेपाल राष्ट्रिय भलिबल खेलाडी प्रतिभा मालीलाई सम्मान गरिएको छ। नैकापस्थीत न्यू डायमण्ड एकेडेमीले आफ्नै क्लबकी खेलाडी प्रतिभालाई नगद सम्मानसहित सम्मानपत्रद्धारा प्रदान गरेको हो।
 
भलिबलकी राष्ट्रिय टिमकी खेलाडी समेत रहेकी प्रतिभालाई माल्दिभ्सको राष्ट्रिय भलिबल लिगमा उत्कृष्ट प्रदर्शन गरेवापत सम्मान गरिएको हो। नेपालकी नम्बर एक स्पाइकर समेत रहेकी प्रतिभालाई सभासद श्याम श्रेष्ठल ४९ हजार नगद र सम्मानपत्रले सम्मान गरेका थिए। 

प्रतिभालाई न्यू डायमण्ड एकेडेमीकातर्फबाट २५ हजार ,सभासद श्रेष्ठको तर्फबाट १५ हजार र दर्शन ट्रान्सपोर्टका सञ्चालक अरुणा श्रेष्ठबाट ५ हजार र स्थानियले ४ हजार नगद प्रदान गरेका थिए। 

माल्दिभ्सको मिस्कीमागु इमेन क्लबबाट खेलेकी प्रतिभाले उत्कृष्ट प्रदर्शन गर्दै क्लबलाई उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेकी थिइन्। प्रतियोगिताभर उनी तिन पटक वुमन्स अफ दि म्याच समेत चूनिएकी थिइन्। त्यस्तै उनी प्रतियोगितामा विदेशी खेलाडीमध्येबाट उत्कृष्ट समेत घोषित भएकी थिइन्।

सम्मानका अवसरमा न्यू डायमण्ड एकेडेमीमा भलिबल एकेडेमि निर्माण लागि सभासद श्रेष्ठले पहल गर्ने विश्वास व्यक्त गरे।  कार्यक्रममा विद्यालयका प्रिन्सिपल कुमार राई र नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेसरी माली लगायतको उपस्थीती थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell