PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

राष्ट्रिय बिच भलिबल : पुरुषमा आर्मीको दुवै टिम फाइनलमा, महिलामा पुलिस र एपीएफ भिड्ने



पहिलोपोस्ट

राष्ट्रिय बिच भलिबल : पुरुषमा आर्मीको दुवै टिम फाइनलमा, महिलामा पुलिस र एपीएफ भिड्ने

दोलालघाट : पाचौँ महिला तथा छठौँ राष्ट्रिय बिच भलिबल च्याम्पियनसिपको पुरुषतर्फ नेपाल आर्मीका दुवै टिम फाइनलमा प्रवेश गरेका छन्।
महिलातर्फ भने नेपाल पुलिसकी कोपीला उप्रेती र कमला पुन तथा एपीएफकी रेश्मा भण्डारी र निसाना बलालको जोडीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। 

दोलालघाटस्थीत इन्द्रवती खोलाको विचमा शुक्रबार भएको महिलाको सेमिफाइनलमा कोपीला र कमलाको जोडीले आफ्नै विभागकी निता शाह र मनिषा चौधरीको जोडीलाई २१–१५ र २१–१० को सोझो सेटमा हराउदै उपाधि यात्रा तय गरेका थिए। 

अर्को सेमिफाइनलमा एपीएफकी रेश्मा र निसानाको जोडीले पश्चिमाञ्चलकी अरुणा शाही र मञ्जू गुरुङको जोडीलाई २१–१५ र २१–१२ को सोझो सेटमा स्तब्ध पार्दै फाइनलमा प्रवेश गरेका थिए। 

नेपाल भलिबल संघको आयोजना र काभ्रे जिल्ला भलिबल संघको ब्यवस्थापनमा सञ्चालन भएको प्रतियोगिताको पुरुषतर्फ आर्मीका दुवै टिम फाइनलमा भिड्ने भएका छन्।

आर्मी ए का दिप खड्का र रिसिधन मगरको जोडीले पुलिसका चन्द्र कुँवर र प्रज्वल मल्लको जोडीलाई २१–१५ र २१–११ ले स्तब्ध पार्दै फाइनलमा प्रवेश गरेका छन्। अर्को सेमीफाइनलमा आर्मीकै दिल सुनार र दुर्गा महत्तोको जोडीले एपीएफका सुरेस चौधरी र मिलन मल्लको जोडीलाई २१–१४ र २१–१६ को सोझो सेटमा हराए।

दुवै फाइनल खेल शनिबार हुनेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell