PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

रोनाल्डोले जिते 'वर्ल्ड सकर प्लेअर अफ दि इअर अवार्ड', रानियरी बेस्ट कोच, लेस्टर टिम अफ दि इअर



पहिलोपोस्ट

रोनाल्डोले जिते 'वर्ल्ड सकर प्लेअर अफ दि इअर अवार्ड', रानियरी बेस्ट कोच, लेस्टर टिम अफ दि इअर

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले 'वर्ल्ड सकर प्लेअर अफ दि इअर अवार्ड' जितेका छन्। 

स्पानिस क्लब रियल मड्रिडबाट व्यावसायीक फुटबल खेल्ने रोनाल्डो यसै वर्ष फ्रान्समा भएको युरोकपको उपाधि जितेका थिए भने रियलले कीर्तिमानी ११ औं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि समेत जितेका थिए।

सन् २००८ मा पहिलो पटक यस अवार्ड जितेका रोनाल्डोले ४ पटक अवार्ड जित्दै लियोनल मेसीसँग बराबरी गरेका छन्। रोनाल्डोले २०१३ र १४ मा पनि अवार्ड जितेका थिए।

यस वर्ष रोनाल्डोले मेसीलाई १३० भोटले पछि पारे। रोनाल्डोले ८४२ भोट प्राप्त गरे भने मेसीले ७१२ भोत मात्र पाए। मेसीले सन् २००९, २०११, २०१२ र २०१५ मा यस अवार्ड जितेका थिए। 

यस्तै गत सिजन इंगलिस प्रिमियर लिगको उपाधि जितेको लेस्टर सिटी टिम अफ दि इअर अवार्ड जितेको छ। लेस्टरलाई पहिलो पटक च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका प्रशिक्षक क्लाउडियो रानयिारी म्यानेजर अफ दि इअर घोषित भएका छन्।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell