PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

​कोलम्बिया विमान दुर्घटनामा मृत्यु भएका खेलाडीको सम्झनामा रंगशालामा दिप प्रज्ज्वलन

​कोलम्बिया विमान दुर्घटनामा मृत्यु भएका खेलाडीको सम्झनामा रंगशालामा दिप प्रज्ज्वलन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : गत सोमबार कोलम्बियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेकोहरुको सम्झनामा नेपालमा पनि दिप प्रज्वलन गरिएको छ।
नेपाल खेलकुद पत्रकार मञ्चले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार बेलुका दीप प्रज्वलन र शोकसभा कार्यक्रम गरेको हो।

कोलम्वियामा गत बुधबार हुने तय गरिएको कोपा सुडअमेरिका कपको फाइनल गएका ब्राजिली फुटबल क्लब चापाकोएन्सको खेलाडी बोकेको विमान दुर्घटना हुँदा खेलाडी, पत्रकारसँगै विमानमा सवार ७१ जनाको मृत्यु भएको थियो।

खेलकुद पत्रकार संघका साथै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट, उपाध्यक्ष अनीता विन्दु, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष  लामा टेण्डी शेर्पा, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक विष्ट खेल पत्रकार फुटबल खेलाडीहरु दिप प्रज्वलमा सहभागी थिए।

७१ वटा मैनबत्ती बालेर मृतकहरुको सम्झाना गरिएको हो। यस्तै उनीहरुको सम्झनामा मौन धारण समेत गरियो।

यस्तै विश्वभर यस साता हुने हरेक फुटबल खेल अघि एक मिनेटको मौनधारण गर्ने र खेलाडीले कालो पट्टी बाँधेर खेल्न भएका छन्।


ट्रेन्डिङ पोस्ट

Ncell