PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

३५औँ अन्तर्राष्ट्रिय हात्ती पोलोको उपाधि नेपालको टाइगर टप्स टस्कर्सलाई



पहिलोपोस्ट

नवलपरासी : नवलपरासीमा भएको ३५ औँ अन्तर्राष्ट्रिय हात्ती पोलो प्रतियोगिताको उपाधि नेपालले जितेको छ।
 
शुक्रबार सम्पन्न फाइनल प्रतिस्पर्धामा आइसल्यान्डको एलिफेन्ट्स पोलो गियरलाई ८-५ गोल अन्तरले पराजित गर्दै नेपालको टाइगर टप्स टस्कर्सले उपाधि हात पार्न सफल भएको हो।
 
प्रतियोगितामा गालवया लज श्रीलङ्काले तेस्रो स्थान हासिल गर्‌यो। उसले पल ग्रिफिन्स अमेरिकालाई ६-४ गोल अन्तरले हरायो।
हात्तीको संरक्षण सँगसँगै पर्यटकीय क्षेत्रको विकास र प्रचारप्रसारका लागि आयोजना गरिएको प्रतियोगितामा नेपाल, श्रीलङ्का, अरेबिया, अस्ट्रेलिया, इङ्ल्याण्डलगायतका ८ टोलीको सहभागिता रहेको थियो।
 
नवलपरासीको कावासोती नगरपालिका अमलटारी खेल मैदानमा भएको सो अन्तर्राष्ट्रिय हात्तीपालो प्रतियोगिता हेर्न नेपालसहित विदेशी पर्यटकहरूको समेत सहभागिता रहेको थियो।
 
हात्तीको प्रयोग गरी मान्छेले खेलिने सो प्रतियोगिता विदेशी पर्यटकहरूका लागि निकै लोकप्रिय मानिन्छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell