PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

डा. केसीको अनसन तोडाउन १० बुँदे सहमतिको मस्यौदा तयार, सरकार-केसी पक्षबीच वार्ता जारी



पहिलोपोस्ट

डा. केसीको अनसन तोडाउन १० बुँदे सहमतिको मस्यौदा तयार, सरकार-केसी पक्षबीच वार्ता जारी

काठमाडौँ : १० औँ पटक अनसन बसेका डा. गोविन्द केसीलाई मनाई आजै अनसन तोडाउन १० बुँदे सहमतिको मस्यौदा तयार गरी वार्ता सुरु भएको छ। यो समाचार तयार पार्दासम्म वार्ता जारी छ। 

डा. केसीका प्रमुख माग मध्ये एक माग चिकित्साशास्त्र अध्ययन संस्थानका डिन केशवप्रसाद सिंहले शुक्रबार दिउँसो राजीनामा दिइसकेका छन्। केसीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँलाई पनि हटाउनु पर्ने माग गरेका छन्। 

सरकारी टोलीले एउटा उच्चस्तरीय समिति गठन गरी प्रक्रियागत कतै त्रुटी छ भने त्यसको रिपोर्ट पेश गर्ने गरी समिति गठन गर्ने प्रस्ताव गरेको छ। 

शिक्षा मन्त्रालयमा भएको वार्तामा सरकारी टोलीले १० बुँदे सहमतिको मस्यौदा तयार पारेको चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिए। 

श्रेष्ठका अनुसार समाचार तयार पार्दासम्म वार्ता जारी छ र दुई वार्ता टोलीबीच १० बुँदे सहमतिपत्रसमेत तयार भएपनि हस्ताक्षर हुन बांकी रहेको छ। 

सहमतिअनुसार केही दिनअघि नियुक्ति भएका चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन डा केपी सिंहले राजीनामा दिइसकेकाले आगामी तीन दिनभित्र अर्को डीन नियुक्त गर्नेलगायत विषयमा सहमति भएको छ। 

वार्ता अहिले पनि जारी छ। वार्तामा सरकारका तर्फबाट स्वास्थ्यमन्त्री गगनकुमार थापा, सचिवद्वय डा सेनेन्द्रराज उप्रेती र शान्तबहादुर श्रेष्ठलगायत त्रिवि उपकुलपति डा तीर्थ खनियाँ वार्तामा सहभागी छन्। 


(समाचारमा डा. केसीको फाइल फोटो प्रयोग गरिएको हो)

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell