काठमाडौं : काठमाडौंको नैकाप ओरालोमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार एक जनाको मृत्यु भएको छ।
गएराति ८ बजेतिर कलंकीबाट थानकोटतर्फ जाँदै गरेको ना ५ ख ९०१४ नम्बरको ट्रकले बा४६प ४३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नैकाप विष्णुदेवी बस्ने ३५ वर्षीया निर्मला विश्वकर्माको मृत्य भएको हो। गम्भीर घाइते उनको उपचारको लागि अस्पताल लैजाने क्रममा ज्यान गएको हो।
मोटरसाइकल चालक विनय विश्वकर्मा भने घाइते भएका छन्। उनको ओम समाज अस्पतालमा उपचार भइरहेको र ठक्कर दिने ट्रक सहित चालकलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ।