PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

राष्ट्रपतिबाट फ्राँस्वा थाकेपछि प्रधानमन्त्री भाल्सका लागि खुल्यो बाटो



पहिलोपोस्ट

राष्ट्रपतिबाट फ्राँस्वा थाकेपछि प्रधानमन्त्री भाल्सका लागि खुल्यो बाटो

पेरिस : फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलोँले दोस्रो पदावधिका लागि प्रयास नगर्ने बताएपछि उनका प्रधानमन्त्री म्यानुएल भाल्सलाई आउँदो वर्ष हुने राष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवार हुन मार्ग खुला भएको छ।
 
राष्ट्रपति अलोँप्रतिको समर्थन हाल निकै कम छ र उनले त्यसलाई स्वीकार गर्दै आउँदो वर्ष पदबाट हट्ने निर्णय गरेका छन्। यसबाट वामपन्थी क्षेत्रबाट निर्वाचनका लागि स्थान खुला भएको छ।
 
राष्ट्रपति अलोँका समर्थक देखिएका प्रधानमन्त्री भाल्सले आफूले वामपन्थीका तर्फबाट प्रारम्भिक चरणको निर्वाचनमा राष्ट्रपति अलोँविरुद्ध उम्मेदवार हुने गत साता सङ्केत दिएका थिए।रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell