PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

'​फिफा प्लेयर अफ दि इअर अवार्ड'को अन्तिम तीनमा रोनाल्डो र मेसीसँगै ग्रिजमन पनि



पहिलोपोस्ट

'​फिफा प्लेयर अफ दि इअर अवार्ड'को अन्तिम तीनमा रोनाल्डो र मेसीसँगै ग्रिजमन पनि

'फिफा बेस्ट प्लेअर अफ दि इअर अवार्ड'को अन्तिम तीनको मनोनयनमा रोनाल्डो र मेसीसँगै ग्रिजमन पनि गरेका छन्। 

फिफाले जारी गरेको अन्तिम तीनको सूचीमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका एन्टोनी ग्रिजमन परेका हुन्।

यस्तै फिफा बेस्ट वुमन्स प्लेअर अफ दि इयरको मेलानी बेहरिंगर, अमेरिकाकी चार्ली लोएड र ब्राजिलकी मार्टा परेकी छिन्।

यस्तै फिफाले प्रशिक्षक र पुस्ता अवार्ड तर्फको अन्तिम तीन मनोननय पनि सार्वजनिक गरेको छ। 

पुरुष प्रशिक्षकतर्फ लेस्टर सिटीका क्लाउडियो रानियरी, पोर्चुगलका फर्नान्डो सान्तोस र रियल मड्रिडका जिनेलिन जिदान परेका छन्। महिला प्रशिक्षकतर्फ अमेरिकाका  जील एलियस, जर्मनीका सिल्भिया नेइड र स्वीडेनका पिअ सन्डहग रहेका छन्।

उत्कृष्ट गोलका लागि प्रद्यान गरिने फिफा बेस्ट पुस्कास अवार्डका लागि ब्राजिलियन क्लब कोरिन्थियन्सका मार्लोन, भेनेजुएला यु १९ महिला टीमका डानिउस्का रोड्रिग्वेज र मलेसियाली क्लब पेनाङका महद फैज सुब्रीको गोल परेको छ।

'मोस्ट ब्युटिफुल गोल अफ दि सिजन' को लागि पुस्कास अवार्ड प्रदान गरिन्छ।

यी पाँच बाहेक 'द फिफा फेयर प्ले अवार्ड' र 'द फिफा फ्यान अवार्ड' आगामी जनवरी ९ मा स्वीट्जरल्याण्डको ज्युरिखमा प्रदान गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell