PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

बोल्टले जिते कीर्तिमानी छैटौं पटक वर्ल्ड एथ्लेट अफ दि इयरको अवार्ड



पहिलोपोस्ट

बोल्टले जिते कीर्तिमानी छैटौं पटक वर्ल्ड एथ्लेट अफ दि इयरको अवार्ड

९ पटकको ओलम्पिक गोल्ड मेडल विजेता जमैकन धावक उसेन बोल्टले कीर्तिमानी छैटौं पटक वर्ल्ड एथ्लेट अफ दि इयरको अवार्ड जितेका छन्। 
जमैकन स्प्रिन्टर बोल्टले मो फराह र डेविड रुडिसालाई पछि पार्दै उक्त अवार्ड जितेका हुन्। 

३० वर्षे बोल्टले रियो ओलम्पिकमा सय, दुई सय र चार गुणा सय रिलेमा गोल्ड मेडल जित्दै ओलम्पिकमा 'ट्रिपल ट्रिपल पुरा गरेका थिए।
बोल्टले सन् २००८, २००९, २०११, २०१२ र २०१३ मा अवार्ड जितेका थिए। 

सन् २०१७ मा लण्डनमा हुने वर्ल्ड एथ्लेटिक्स च्याम्पियनपछि बोल्टले सन्यास लिने बताएका छन्। 

यस्तै इथियोपियाका अल्माज आयानाले महिलातर्फको एथ्लेटक अफ दि इअरको अवार्ड जितेकी छिन्। 

रियो ओलम्पिकमा १० हजार मिटरतर्फ वर्ल्ड रेकर्ड कायम गर्दै गोल्ड मेडल जितेकी आयानाले पहिलो पटक एथ्लेट अफ दि इअरको अवार्ड जितेकी हुन्। 

क्यानडाका २२ वर्षीय आन्द्रे डे ग्रास मेल राइजिङ स्टार बने भने ओलम्पिक हेप्टाथोलन च्याम्पियन नफिसाताउ थिएम फिमेल राइजिङ स्टार बने।

डे ग्रासले रियोमा दुई सय मिटरमा शिल्भर र सय मिटरमा ब्रोन्जल जितेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell