PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

स्वास्थ्यमन्त्रीले भेटे केसीलाई : अनसनको अडान कायमै, सहमत गराउन दौडधूप



पहिलोपोस्ट

स्वास्थ्यमन्त्रीले भेटे केसीलाई : अनसनको अडान कायमै, सहमत गराउन दौडधूप

काठमाडौं : स्वास्थ्यमन्त्री गगनकुमार थापाले २१  दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीलाई भेट गरेका छन्।
 
आज बिहान आमरण अनसन स्थल त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर मन्त्री थापाले भेटेका हुन्। थापाले अनसन तोड्न आग्रह गरे पनि केसीले अडान छोडेका छैनन्।
 
सरकार केसीको मागमा लचिलो भएको र उठाएका माग पूरा गर्नेबारे आज वार्तामार्फत समस्या समाधान गर्ने मन्त्रीले अश्वासन समेत दिएको नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएशनका अध्यक्ष डा. लिजन मर्हजनले जानकारी दिए।
 
अबको केहीबेरमा केसी पक्षधर र सरकारबीच वार्ता हुँदैछ। गएराति पनि दुई पक्षबीच वार्ता चलेको थियो। 

डा. केसीका प्रमुख मागमध्ये चिकित्साशास्त्र अध्ययन संस्थानका डिन केशवप्रसाद सिंहले शुक्रबार राजीनामा दिएका छन्। त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँको ठाउँमा अर्को डिन नियुक्त नगरे अनसन नतोड्ने अडानमा केसी छन्। फाइल फोटो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell