
रोवर्ट लेवान्डास्की र आर्येन रोवेनको गोलको मद्दतमा वायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा मेइन्ज विरुद्ध जित हात पारेको छ।
एक गोलले पछि परेको स्थिति उल्टाउँदै वायर्नले मेइन्जलाई ३-१ ले पराजित गरेको हो। जितसँगै १३ खेलबाट ३० अंक जोडेको वायर्न लेइपजिगलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ।
मेइन्जले घरेलु मैदानमा जहन कोर्डोवाको गोमार्फत चौथो मिनेटमै अग्रता लिएको थियो। तर त्यसको चार मिनेछपछि नै लेवान्डास्कीले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए। २१ औं मिनेटमा आर्येन रोवेनले गोल गरेपछि वायर्नले २-१ को अग्रता बनायो।
इन्जुरी टाइमको दोस्रो मिनेटमा लेवान्डास्कीले फ्रिकिकमार्फत व्यक्तिगत दोस्रो गोल गरेपनि वायर्नले मेइन्जलाई ३-१ ले पराजित गरेको हो।
जितपछि वायर्न लेइपजिगलाई गोल अन्तरमा पछि पार्दै शीर्ष स्थानमा उक्लेको हो। एकब खेल कम खेलेको लेइपजिगको पनि ३० अंक नै छ।
यस सिजन उत्कृष्ट प्रदर्नन गर्दै अपराजित रहेको लेइपजिगले आज राती साल्केसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ।