PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

उपराष्ट्रपति पुन भेट्न गएकी सभामुख घर्तीले के सुनाइन्?



पहिलोपोस्ट

काठमाडौँ : उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख ओनसरी घर्तीबीच आज भेटवार्ता भएको छ।
 
भेटमा सभामुख घर्तीले पछिल्लो अवस्थामा राजनीतिक दलहरुबीच संसद्मा देखिएको मतभिन्नता अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेताहरुसँग आफूले छुट्टाछुट्टै छलफल भइरहेको बारे जानकारी गराएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए।

उपराष्ट्रपति पुनले राजनीतिक दलहरुबीचमा देखिएको पछिल्लो विवाद तत्काल समाधान हुनुपर्नेमा जोड दिएका थिए। सहमतिबाट संविधानको कार्यान्वयन गरी देशलाई आर्थिक विकास गराउन दलीय सहमति अपरिहार्य भएकोमा जोड दिँदै उनले आवश्यक समन्वयकारी भूमिका खेल्न सभामुखलाई आग्रह गरे।

उपराष्ट्रपतिको निवासमा भएको भेटमा सभामुख घर्तीले व्यवस्थापिका–संसद्मा भइरहेका गतिविधि, मङ्सिर ५ देखि ११ गतेसम्म आफूले गरेको रसिया भ्रमण र दुबईमा हुने महिला सभामुखहरुको अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन जान लागेको बारे जानकारी गराएकी थिइन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell