PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

अनसनरत केसीको मागअनुसार नयाँ डिन नियुक्त, सिंह गए अग्रवाल आए



पहिलोपोस्ट

काठमाडौं : अनसनरत डा गोविन्द केसीको माग पूरा गर्दै सरकारले त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा डा. जगदीश अग्रवाललाई नियुक्त गरेको छ।

केही बेरअघि त्रिवि कार्यकारी परिषदको बैठकले आजबाटै लागू हुनेगरी नयाँ डिनमा अग्रवाललाई नियुक्ति गरेको हो।

वरिष्ठता तोडेर डिन नियुक्त गरिएको र बर्खास्त गर्नुपर्ने सहितका माग राख्दै केसी २१ दिनदेखि आमरण अनसनमा छन्। यसअघि नियुक्त भएका डिन केपी सिंहले राजीनामा दिइसकेको भए पनि अर्को डिन नियुक्त गर्नुपर्ने अडानबाट केसी नहटेपछि पटकपटकको वार्ता असफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell