PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

सयौं गाडी गुडिरहे तर ह्विलचेयरको आवाज सुनेन कसैले, ११ फोटोमा शान्तिको पीडा

सयौं गाडी गुडिरहे तर ह्विलचेयरको आवाज सुनेन कसैले, ११ फोटोमा शान्तिको पीडा

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : ह्विलचेयर प्रयोगकर्ता शान्ति तामाङ शनिबार अन्तर्राष्ट्रिय अपांगता दिवस मनाएर राजधानीको भृकुटीमण्डपबाट फर्कंदै थिइन्। काखमा सानो बच्चा राखेर ह्विलचेयर गुडाउनु कम सकस थिएन। सडकको अवस्थाले उनले निकै सास्ती भोग्नुपर्‍यो।
 
कार्यक्रम स्थलबाट बाहिरिएर सडकको भिडभाड पार गर्दै बस स्टपसम्म पुग्दा आफूलाई अपांग हुनुको पीडा मनभरि गुम्सिएर आएको उनले सुनाइन्। 'बाटोघाटो नै हामी जस्तो अपांगता भएकाहरुका लागि मिल्ने छैन। यताउता हिँडडुल गर्न निकै गाह्रो हुन्छ,' अपांगमैत्री सडक नहुनुको पीडा सुनाउँदा उनी निराश देखिन्थिन्।
 
कोटेश्वरमा डेरा गरी बस्दै आएकी शान्तिले झन्डै एक घन्टा नै भद्रकालीनेर गाडी कुरेर बसिन्। सडकमा सयौं गाडी हर्न बजाउँदै गुडिरहे तर शान्तिलाई बोक्ने कुनै गाडी रोकिएनन्।
 
'हात त दिएको हो। खोइ किन नरोकीकन गइहाल्छ,' उनले दुखेसो पोखिन्। पर्खाइको पीडाले रन्थनिएपछि उनका श्रीमानले ट्राफिक गुहारे। ट्राफिकको सहारामा मात्रै साझा बस रोकियो। साझाका कर्मचारीले उनलाई चढाउन सहयोग गरे। श्रीमान् र बच्चासँगै शान्ति ह्विलचेयरको साथमा साझा चढिन् र लागिन् कोटेश्वरतिर।


ट्रेन्डिङ पोस्ट

Ncell