PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

सहमति जुट्छ र निर्वाचन मिति घोषणा हुन्छ : प्रधानमन्त्री



पहिलोपोस्ट

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी पोलिट्बुरो बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिबारे जानकारी गराएका छन्।
 
जारी बैठकमा संविधान संशोधन र राजनीतिक परिस्थितिबारे प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले नेताहरुलाई जानकारी गराउँदै संविधान संशोधनमा सबै सहमति जुटाउन सरकार प्रयत्नशील रहेको बताएका छन्। प्रमुख प्रतिपक्षी र मधेसी मोर्चासँग सरकार निरन्तर सम्वादमा रहेको र सहमति जुटाएर सरकार स्थानीय तहको निर्वाचनको घोषणा गर्ने तयारीमा रहेको उनको भनाइ थियो।
 
समसामयिक राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक विषयमा छलफल चलिरहेको बैठकमा आइतबारदेखि नेताहरुले आ–आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell