PahiloPost

Mar 18, 2026 | ४ चैत्र २०८२

​मापसे गरेर भागेका भन्ठानिएका मोटरसाइकलमा भेटियो ५ करोडको सुन



पहिलोपोस्ट

​मापसे गरेर भागेका भन्ठानिएका मोटरसाइकलमा भेटियो ५ करोडको सुन

काठमाडौँ :  गएराति बौद्ध फूलबारीमा गस्तीमा रहेका प्रहरी देख्ने बित्तिकै आफू चढिरहेका मोटरसाइकल छाडेर दुई युवक टाप ठोके। 
प्रहरीले सोच्यो, मापसे गरेका होलान्, अनि भागे। 

तर जब प्रहरीले मोटरसाइकलमा के रहेछ भनेर खोतले, तब पो थाहा भयो उनीहरु भाग्नुको कारण।  महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी विपिन रेग्मीका अनुसार बा ५ प १७७२ नम्वरको मोटरसाइकलमा १० केजी सुन भेटियो। 

उनका अनुसार सुन ल्याउन फरार भएकोले खोजी कार्य जारी छ। कसले किन त्यो सुन ल्याएको भन्नेबारे अहिलेसम्म केही खुलेको छैन। 

सुनको भाउ आजको बजार मूल्य अनुसार झण्डै ५ करोड पर्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell