PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

केसीको समर्थन गर्दै सडकमै निस्किए बाबुराम, र्‍यालीमा अरु कोको?

केसीको समर्थन गर्दै सडकमै निस्किए बाबुराम, र्‍यालीमा अरु कोको?

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : त्रिवि शिक्षण अस्पतालको शैय्यामा डा. गोविन्द केसी २१ दिनको आमरण अनसनमा छन्। उनको माग पूरा गराउन विभिन्न चरणमा र्‍याली र प्रदर्शन पनि भइरहेका छन्। विद्यार्थी, चिकित्सक , विभिन्न संघसंस्था सम्बद्ध समर्थक मात्र होइन आज राजधानीमा भएको दबाब र्‍यालीमा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई पनि पुगेर समर्थन जनाए।
 
र्‍यालीमा सम्बोधन गर्दै उनले केसीले करोडौं नेपालीको पक्षमा आवाज उठाएकाले समर्थन जनाउन आएको बताए। उनका माग पूरा गरी जीवन रक्षा गर्न पनि उनले सरकारलाई आग्रह गरेका छन्। पुरातन सोचले राजनीति चल्न नसक्ने बताएका भट्टराईले अब राजनीतिलाई विकल्प चाहिएको विचार राखे।
 
र्‍यालीमा नागरिक समाजका अगुवा, विवेकशील दलका अभियन्ता, सामाजिक सञ्जालमा सक्रिय समूह 'एमआरआर' का युवाहरु पनि सहभागी थिए।


ट्रेन्डिङ पोस्ट

Ncell