जुम्ला : जुम्लाको भि–गुरु मन्दिरबाट चोरीएको पुरातात्विक महत्वको मुर्ती एक सातापछि फेला परेको छ । चन्दन्नाथ नगरपालिका–३ भन्डारीबाडास्थित भि–गुरु मन्दिरबाट चोरी भएको चाँदीले बनेको शिवको मूर्तिसहित सतबीर कठायत पक्राउ परेका हुन् । तातोपानीका ३५ वर्षिय उनी मानसिक रोगी भएको प्रहरीले दावी गरेको छ ।
गत शुक्रबार राति मन्दिमा रहेको १४ वटा मुर्ती चोरी भएपछि सो क्षेत्रका स्थानीय आन्दोलनमै उत्रिएका थिए । शुक्रबार बेलुका मन्दिरका पुजारी बाहिर निस्कदा मन्दिरको ढोका खुल्लै देखेका थिए । मन्दिरमा गएर हेर्दा हजार वर्ष भन्दा पुराना मुर्तीहरु मन्दिरमा नदेखेपछि उनले प्रहरीमा खवर गरेका थिए ।
मुर्ती चोरी भएसंगै स्थानीयवासी आन्दोलीत भएपछी प्रहरी प्रधान कार्यालयले हेडक्वाटरबाट प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको टोलीलाई अनुसन्धानका लागी जुम्ला पठाएको थियो । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शनिवार प्रहरीले चन्दन्नाथ नगरपालिका–६ को बजारमा कठायतलाई मूर्ति सहित फेला पारेको थियो ।
तस्विर सौजन्य : महेन्द्र हमाल