काठमाडौ: राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुनमा काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ । शनिवार बसेको पार्टीको केन्द्रीय कार्य समितिको बैठकले फागुन ६ देखी ९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको पार्टीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
राप्रपा र राप्रपा नेपालको एकिकरणपछी पहिलो पटक अधिवेशन हुन लागेको हो । पार्टीका नेता राजाराम श्रेष्ठद्धारा जारी विज्ञप्ती अनुसार बैठकल संविधान संशोधन सम्बन्धी प्रस्तावको संवेदनशीलता र गम्भीर्यतालाई हेर्दै सम्बद्ध पक्षसँग गम्भिर छलफल गर्नुपर्ने ठहर गरेको उल्लेख छ । यसका लागी कानुविद्, मधेस केन्द्रित राजनीतिक दल र पार्टी कार्यकतासंग परामर्श गर्ने निर्णय समेत गरेको छ ।