PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

​बिच भलिबल च्याम्पियनसिपको उपाधि महिलातर्फ कोपीला र कमला तथा पुरुषतर्फ दिलु र दुर्गालाई



पहिलोपोस्ट

​बिच भलिबल च्याम्पियनसिपको उपाधि महिलातर्फ कोपीला र कमला तथा पुरुषतर्फ दिलु र दुर्गालाई

दोलालघाट : पाचौँ महिला तथा छठौँ राष्ट्रिय बिच भलिबल च्याम्पियनसिपमा महिलातर्फ पुलिसकी कोपीला उप्रेती र कमला पुन तथा पुरुषतर्फ आर्मीका बी का दिल सुनार र दुर्गा महत्ताकोे जोडीले उपाधि जितेका छन्। 

इन्द्रवती खोलाको बिचमा भएको फाइनल खेलमा महिलातर्फ पुलिसकी कोपीला र कमलाको जोडीले एपीएफकी रेश्मा भण्डारी र निशाना बलालको जोडीलाई २१–१६ र २१–६ को सोझो सेटमा हराउदै उपाधि जिते। यस्तै पुरुषतर्फ दिल र दुर्गाको जोडीले आफ्नै विभागका दिप खड्का र रिसीधन थापा मगरको जोडीलाई २१–१६ र २१–१२ को सोझो सेटमा हराए।

च्याम्पियन कमला र कोपीला तथा दिलु र दुर्गाले नगद २५/२५ हजार पुरस्कार प्राप्त गरे। उपविजेता बनेका रेश्मा र निसान तथा दिप र रिसीधनले नगद १५/१५ हजार प्राप्त गरे।

पुरुषकै तेस्रो स्थानका लागि भएको खेलमा पुलिसका चन्द्र कुँवर र प्रज्वल मल्लको जोडीले एपीएफका शुरेस चौधरी र मिलन मल्लको जोडीलाई २१–१२ र २१–१७ को सोझो सेटमा हराए। महिलातर्फ तेस्रो स्थानको खेलमा पश्चिमाञ्चलकी मन्जु गुरुङ र अरुण शाहीको जोडीले पुलिसकी निता शाह र मनिषा चौधरीको जोडीमाथी २–१ को रोमाञ्चक जित हात पारे। पहिलो सेटमा २१–११ ले जित हात पारेपनि पुलिसकी निता र मनिषाले हार बेहोरिन्। मञ्जू र अरुणाको जोडीले दोस्रो र तेस्रो सेट २१–१६ र १५–११ ले जिते।

तेस्रो भएका चन्द्र र प्रज्वल तथा मञ्जू र अरुणाको जोडीले नगद १०/१० हजार हात पारे।

यस्तै विजेता टिमकै कमला पुन र दिल सुनार प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए। उत्कृष्ट दुवै खेलाडीले नगद ५ हजार पुरस्कार हात पारे।

नेपाल भलिबल संघको आयोजना र काभ्रे जिल्ला भलिबल संघको ब्यवस्थापनमा भएको प्रतियोगितामा महिलातर्फ १४ र पुरुषतर्फ १५ टिमलाई आठ समुहमा विभाजन गरी लिग कम नकआउटको आधारमा प्रतियोगिता सञ्चालन गरिएको थियो।

उपाधि विजेता खेलाडीलाई प्रमुख अतिथी नेकपा एमालेका सचिव योगेश भटृराई, नेपाल भलिबल सघंका अध्यक्ष मनोरञ्जन रमन शर्मा, उपाध्यक्ष रञ्जन खड्का तथा महासचिव जितेन्द्र चन्द र काभ्रे जिल्ला भलिबल संघका अध्यक्ष तिर्थ लाल श्रेष्ठ लगायतले पुरस्कृत गरे।
प्रमुख प्रतिथी भटृराईले खेलाडी राष्ट्र गौरव र अघोषित राजदुत समेत भएकाले उनिहरुको संरक्षणमा राज्ले पहल गर्नू गर्ने बताए।

सो अवसरमा नेदरल्याण्ड भलिबल एसोसिएसनका डेपलभमेन्ट म्यानेजर पिटर भ्यानलाई भलिबल संघका अध्यक्ष शर्माले मायाको चिनो हस्तान्तरण गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell